आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वाद्य–वन्दनामा वाद्यवादक अर्जुन चैनपुरे

AuthorAP Khabar२०७५ माघ ११, शुक्रबार (५ साल अघि) १३०६ पाठक संख्या

काठमाडौं  , माघ ११ :  सांस्कृतिक संस्थानद्वारा मासिक रुपमा प्रत्येक महिनाको दोस्रो बिहिवार आयोजित कार्यक्रम वाद्य–वन्दनाको दशौं शृङ्खलामा वरिष्ठ वाद्यवादक अर्जुन चैनपुरेको एकल वादन प्रस्तुति सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ वाद्यवादक अर्जुन चैनपुरेले विभिन्न तालमा आफ्ना वाद्ययन्त्रहरू एकतारे, मुर्चुङ्गा, तवला, मादल, म्युजिक वाउल आदि बजाएर उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।

संस्थानका महाप्रबन्धक श्री राजेश थापाले कार्यक्रमको अध्यक्षता एवं स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ अशोक राईले आफ्नो ४ वर्षे कार्यकालमा नेपाली मौलिक लोक संगीतको जगेर्ना गर्ने र नेपाली लोक बाजाहरुको अभिलेखिकरण गर्ने योजना रहेको बताए । राईले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानले सहकार्य गरेर नेपाली लोकगीत संगीतको विकास र जगेर्ना गर्ने पनि उद्घोष गरे ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस