आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एक वर्ष पुग्यो ओली प्रधानमन्त्री बनेको ,आज देशवासीका नाममा सम्बोधन गर्ने

AuthorAP Khabar२०७५ फागुन २, बिहिबार (५ साल अघि) २७६ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशवासीका नाममा सम्बोधन गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनका अनुसार सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गर्नेछन । सङ्घ र प्रदेशको निर्वाचनपछि २०७४ फागुन ३ गते तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सिंहदरबारस्थित ग्यालरी बैठकमा अपराह्न ४ बजे प्रधानमन्त्रीको सम्बोधन हुनेछ । सम्बोधन समारोहमा मन्त्री र सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरुको सहभागीता हुनेछ ।

narayani online

प्रतिक्रिया दिनुहोस