आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

९ सय ४७ पदका लागि उपनिर्वाचन बैशाखमा

AuthorAP Khabar२०७५ फागुन ५, आईतबार (५ साल अघि) ४६३ पाठक संख्या

प्रदेशसभा सदस्यद्वय हरिशरण लामिछाने र टेकबहादुर घर्तीको निधनपछि प्रदेशसभामा दुई स्थान रिक्त छन् । प्रदेश ३ भक्तपुरका लामिछाने र गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाका घर्तीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उहाँहरु दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्थ्यो ।

त्यसैगरी स्थानीय तह निर्वाचनमा कति पय पदमा उम्मेदवारी नै नपरेका, निर्वाचित भएर पनि निधन भएका र अन्य विविध कारणले रिक्त भएका विभिन्न स्थानमा गरी स्थानीय तहमा कुल ९४५ पद रिक्त छन् ।

मृतक २ जना प्रदेश सभासदस्यसहित जम्मा ९४७ पदका लागि उपनिर्वाचन गर्नुपर्ने छ । वडा सदस्यमा निर्वाचित सदस्यहरुमध्ये कतिपय जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि ती पद स्वतः रिक्त भएका छन् ।

अब हुने उपनिर्वाचन छिटोमा आगामी नयाँ वर्षको बैशाख महिनाको अन्त्यसम्म हुने सम्भावना रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । सरकारले भने यस बिषयका बारेमा   छलफल भइरहेकाे प्रत्रिकृया  दिएकाे छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस