आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महान्यायाधिवक्ताले राष्ट्रपतिलाई बुझाए मुद्दाको चाङ

AuthorAP Khabar२०७५ फागुन ६, सोमबार (५ साल अघि) ३७१ पाठक संख्या

सरकारी वकिल कार्यालयले मुलुकको विभिन्न अदालतमा रहेका मुद्दासहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ । प्रतिवेदन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले साेमबार एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनु भएको छ ।

महान्यायाधिवक्ता खरेलले महान्यायाधिवक्तासहित तथा मातहातका कार्यालयले तयार पारेकाे आर्थिक वर्ष २०७४, ७५ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुभएकाे हाे। संविधानको धारा १५९ को उपधारा १० मा भएको व्यवस्था अनुसार महान्यायाधिवक्ता कार्यालयले प्रत्येक वर्ष संविधान र सङ्घीय कानून बमोजिम आफूले सम्पादन गरेका कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

वार्षिक प्रतिवेदनमा महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकिल कार्यालयबाट सम्पादन भएका काम कारबाहीको विस्तृत विवरण, स्रोत साधनको अवस्था, भौतिक स्थिति, कार्यरत् जनशक्तिको विवरण समेटिएको छ । प्रतिवेदनमा नेपाल सरकार वादी मुद्दा चलाउने गरी निर्णय भएका २९ हजार २३० र प्रतिवादी ५८ हजार ५३९ मुद्दा छन् । महान्यायाधिवक्ता तथा मातहतका सरकारी वकिल कार्यालयबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको सङ्ख्या ८० हजार ७७ रहेको छ । गत वर्षको भन्दा ६ दशमलब ९८ प्रतिशतले बढी हो ।

प्रतिवेदनमा सरकारवादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा सरकारी वकिल कार्यालयबाट प्रतिरक्षा गरिएको मुद्दा ६५ हजार ५ सय २७ छन् । गत आवको भन्दा चार हजार ६०९ अर्थात् सात दशमलव ५७ प्रतिशतले बढी हो । ५ आर्थिक वर्षमा सरकारी वकिलले प्रतिनिधित्व र प्रतिरक्षा गरेको मुद्दा, रिट तथा निवेदनको संख्या ६५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।  कार्यसम्पादनमा जनशक्तिको वृद्धि हुन नसक्दा कार्य सम्पादनमा प्रभाव परेको प्रतिवेदनमा जनाइएकाे छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस