आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजपा नेपालका नेता तथा संसद झाद्धारा निमार्णधिन टिकुलिया पुलको निरिक्षण

AuthorAP Khabar२०७५ फागुन ७, मंगलबार (५ साल अघि) ४७४ पाठक संख्या

रौतहट, फागुन ७ : गौरको टिकुलिया र इसशनाथ नपाको बन्जरहा जोड्ने लालबकैया नदीमा कछुवा गतिमा निर्माणाधिन पक्कि पुलको अवस्था वारे राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा रौतहट क्षेत्र नम्वर १ का संसद अनिलकुमार झाले सोमवार निरीक्षण गरेका छन् ।

निर्धारित समय भन्दा करीव दुइ बर्ष समय बित्न लाग्दा पनि टिकुलिया बन्जरहा जोड्ने लालबकैया नदीमा पक्कि पुलको निर्माण कार्य पचास प्रतिशत मात्रै सम्पन्न हुँदा स्थानीय बासिन्दाहरुको आक्रोश बढ्दै गएको छ । रा

जपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा संघिय साँसद झा लगाएतको नेताहरुले पुलको निरिषण गदैृ चाडो भनद चाडो निमार्ण गर्न ठेकेदार संग माग गरेका छन । ससद झाले निर्धारित समयमा पुलको निर्माण कार्य सम्पन्न नहुँदा गत भदौं ९ मा पुलको पिलरमा डुंगा ठोक्किएर ५ जना स्थानीय बासिन्दाको ज्यान गुमाइसकेको अवस्थामा निर्माणको जिम्मेवारी लिएका पप्पु कन्ट्रक्सनको चरम लापरवाहीका कारण पुलको निर्माण पुरा नभएकोमा दुख व्यक्त गरे । 

ढिलासुस्ती, विभिन्न बहानाबाजीका कारण टिकुलियाद्धाटको पुल निर्धारित समयमा पुरा हुन नसकेकोमा सडक डिभिजन कार्यालय र निर्माणको जिम्मेवारी लिएको पप्पु कन्ट्रक्सनको लापरवाही रहेको र अवस्थामा निर्माण कार्य जारी रहे आउदो तिन बर्ष भन्दा बढी समय पुल निर्माणमा लाग्ने उनले बताए । 

प्रदेश नम्वर २ का भौतिक योजना राज्यमन्त्री डिम्पल झाले प्रदेशको आठै जिल्लामा निर्माणाधिन रहेको योजनाहरुलाई पुरा गराउन प्रदेश सरकार कटिबद्ध रहेको तर निर्माण कम्पनीहरु केन्द्र सरकारबाट अनुमानित बजेट निकासा नहुँदा पुल निर्माणमा ढिलाई भएको निर्माण पक्षधरहरुको गुनासो रहेको उनले बताएकी छिन । 

सड्क डिभिजन कार्यालय रौतहटका इन्जिनियर श्यामनारायण मिश्रले निर्माण कम्पनी पप्पुको लापरवाहीका कारण टिकुलिया घटना भएको स्पष्ट पार्दै सड्क डिभिजन कार्यालयबाट पटक पटक ताकेता गर्दा समेत निर्माणको जिम्मेवारी लिएको कम्पनीले हेलचेक्राइ गरेकाले निर्धारित समयमा काम पुरा हुन नसेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस