आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली महिला क्रिकेट टीम थाइल्याडसँग भिड्दै

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) ३८२ पाठक संख्या

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्रिय छनौट खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

बैंककको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा हुन लागेको खेलमा थाइल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ । पहिलो खेलमा मलेसियाको महिला टीमलाई ३४ रनले पराजित गरेको नेपाली टीम आजज पनि उच्च मनोवलका साथमा मैदान उत्रनेछ । उता पहिलो खेलमा चीनलाई ६ विकेटले पराजित गरेको थाइल्याण्ड पनि दोश्रो जितको खोजीमा रहनेछ ।

एक खेलेको नेपाल २ अंकसहित तालिकाको दोश्रो स्थानमा छ भने समान एक खेल खेलको थाइल्याण्ड समान २ अंकसहित तालिकाको चौथो स्थानमा छ । नेपालले तेश्रो खेल भोलि युएईसँग खेल्नेछ ।

janta samachar

प्रतिक्रिया दिनुहोस