बंगलादेशको राजधानी ढाकाको पुरानो ठाँउस्थित रासायनिक गोदामका लागि समेत प्रयोग गरिएको एक भवनमा आगलागी हुँदा कम्तिमा ५६ को मृत्यु भएको छ । अन्य बेपत्ताहरुको शव अझैँ बढ्न सक्ने जनाइएको छ । बुधबार राति करिब १०:४० बजे भएको आगलागीमा सिलिण्डर विस्फोट भएर भएको जनाइएको छ ।
भवनबाट आसपासका अन्य चार भवनमा पनि आगलागी भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । बंग्लादेशका एक अधिकारीले जनाए अनुसार आगलागीमा उद्धार गरिएका घाइते ४० जना भन्दा बढीको ढाका मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आगलागी नियन्त्रणमा लिन निकै कठिन अवस्थाकाे रहेकाे जनाइएकाे छ । ढाका ट्राफिक प्रहरी इब्राहिम खानका अनुसार आगलागीमा परी २ कार र १० भन्दाबढी रिक्सासमेत जलेर नष्ट भएका छन् ।
प्रतिक्रिया दिनुहोस