आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रियंका चोपडा गर्भवती ?

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) ४७६ पाठक संख्या

हिजोआज सामाजिक संजालमा मानिसहरु निकै सक्रिय छन् । सामाजिक संजालमा अरुको बिषयमा चर्चा परिचर्चा गर्नु धेरैको दैनिकी पनि बनेको छ । अझै, स्टारहरुको बिषयमा त सामाजिक संजाल सधै नै रंगिएको हुन्छ । हालैमात्र, बलिउड नायिका प्रियंका चोपडा गर्भवती भएको खबर सार्वजनिक भयो । भ्यालेन्टाइन डेको दिनमा प्रियंकाले इन्स्टाग्राममा राखेको एक तस्बिरमा उनको पेट केही ठूलो देखियो । जसलेगर्दा, उनी गर्भवती छिन् भन्ने खालका चर्चा सुरु भयो ।

तर, प्रियंकाले यो बिषयमा केही पनि बोलिनन् । तर, उनकी आमा मधु चोपडाले यो बिषयमा मुख खोलेकी छिन् । उनले, भारतीय मिडियासँग कुराकानी गर्दै भनिन्–‘यो गलत खबर हो । प्रियंकाको पेट केही ठूलो देखिनु क्यामेराको लेन्सको कारण हो ।’मधुले आफूले यो कुरा प्रियंकालाई सुनाउँदा उनले लामो हाँसो हाँस्दै आफूलाई केही समय यस्ता कुराबाट ब्रेक दिन आग्रह गरेको समेत बताइन् । हलिउड गायक निक जोनसँग डिसेम्बरमा बिहे गरेकी चोपडा अहिले बैबाहिक जीवनमा रमाइरहेकी छिन् ।

onlinekhabar

प्रतिक्रिया दिनुहोस