आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवन भएर गुड्ने सार्वजनिक सवारिसाधनमा डस्विन अनिवार्य,३८० वटा डस्विन वितरण

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) ३०१ पाठक संख्या

चितवन भएर गुड्ने सार्वजनिक सवारीसाधनमा डस्विन अनिवार्य गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न सरोकारवाला संगको सहकार्यमा डस्विन वितरण र अनुगमनलाई तिब्रता दिएको छ ।

ट्राफिकले अहिलेसम्म सार्वजनिक सवारिसाधनमा ३८० वटा डस्विन वितरण गरेको जानकारी दिएको छ । यो अवधिमा भरतपुर महानगरपालिकामा १४०, राप्ती नगरपालिकामा ४० र इच्छाकामना गाँउपालिकामा २ सय वटा डस्विन वितरण गरिएको छ । अभियानमा चितवन उद्योग संघ,वे गु्रप,सामर्थे नेपाल र रेडक्रसले सहकार्य गरेका छन् ।

बुधवार मात्रै चितवन उद्योग संघको सहयोगमा नारायणगढमा ८० वटा डस्विन वितरण गरिएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सार्वजनिक सवारीसाधनलाई डस्विन वितरण गर्नुका साथै सचेतनामूलक स्टिकर टाँस गर्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङक अनुसार दैनिक पूर्व पश्चिम राजमार्गमा १५ हजार र नारायणगढ–मुग्लिन सडकखण्डमा साढे १२ हजार सवारिसाधन गुड्ने गर्छन् ।

narayanionline

प्रतिक्रिया दिनुहोस