आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अनुमतिविना नै अस्पताल सञ्चालन

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) २९१ पाठक संख्या

बाराको कोल्हवी नगरपालिका वडा नं.– १ मा दर्ताबिना नै ‘कोल्हवी सिटी हस्पिटल’ सञ्चालन भइरहेको खुलासा भएको छ ।

विगत एक वर्षदेखि सञ्चालनमा रहेको उक्त अस्पताल कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गरेकै भरमा चलिरहेकोे खुलासा भएको हो । कम्पनी रजिष्ट्रारमा दर्ता भएको कम्पनीले उद्देश्यअनुसारको काम गर्नका लागि अन्य सम्बन्धित निकायसँग अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर कोल्हवी सिटी हस्पिटल प्रा.लि.ले एक वर्षदेखि स्वास्थ्य सेवा सञ्चालनका लागि कुनै पनि निकायसँग अनुमति लिएको छैन ।

अस्पतालका सञ्चालक सञ्जिवकुमार यादवले आफुहरु हस्पिटल दर्ताको प्रकृयामा रहेको बताए । हस्पिटल सञ्चालन गरेको करिब एक वर्ष भए पनि हालसम्म दर्ता हुन नसकेको स्वीकार्दै उनले तत्काल दर्ताको प्रकृयामा जाने बताए ।

कोल्हवीको मूख्य बजार क्षेत्रमा विना दर्ता हस्पिटल सञ्चालन भइरहँदा अनुमती प्रदान गर्ने जिम्मेवारी पाएको कोल्हवी नगरपालिका भने यस विषयमा अनभिज्ञ छ । कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत भण्डारीले हस्पिटल चलेको थाहा भए पनि दर्ताका विषयमा आफुलाई केही जानकारी नभएको र छानविन गरि कारवाहीको दायरामा ल्याउने बताए ।

कोल्हवी सिटी हस्पिटल जस्तापाताले छाएको सामान्य टहरोमा केही बेडमा चलिरहेको छ, जुन मापदण्ड विपरित हो । जिल्ला जनस्वास्थ्य कार्यालय बाराका जनस्वास्थ्य अधिकृत प्रेमचन्द्र जयसवालका अनुसार कोल्हवी सिटी हस्पिटलले दर्ताका लागि आवेदन दिए पनि न्यूनतम पूर्वाधार पनि नभएका कारण उक्त हस्पिटललाई सञ्चालनको अनुमती नदिइएको जानकारी दिए ।

imagekhabar

प्रतिक्रिया दिनुहोस