आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन्

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) २५६ पाठक संख्या

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पर्ने डोण्डा खोलामा मापदण्डविपरीत अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने यस खोलामा राजमार्ग तथा पुलको २ सय मिटरमै अवैध रुपमा बालुवा उत्खनन् भइरहेको हो । जसका कारण पुल र राजमार्ग जोखिममा परेको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार राजमार्ग, सहायक राजमार्ग, पुलपुलेसा, कलभर्ड, नहर, तटबन्धको ५ सय मिटर ‘तलमाथि’ क्षेत्रबाट ढुंगा, बालुवा, माटो झिक्नुपर्ने प्रावधान छ ।

कृष्णपुर नगरपालिकाको २ नम्बर वडामा पर्ने सो खोलामा अवैध उत्खनन भए पनि सम्बन्धित निकाय भने बेखबर देखिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा आफ्नो स्वामित्वमा पर्ने चारवटा नदी तथा खोलालाई नदीजन्य पदार्थ उत्खननका लागि २ करोड २९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको जनाएको छ । तर राजमार्ग छेउबाटै बालुवा उत्खनन् भइरहेकोबारे आफूहरुलाई जानकारी नभएको कृष्णपुर नगरपालिकाका सूचनाअधिकारी प्रेम बोगटीले बताए ।

उनले अवैध उत्खननबारे कसैले गुनासो नगरेको भन्दै त्यसबारे बुझेर अवैध काम गर्नेलाई कारवाही गरिने बताए ।

imagekhabar

प्रतिक्रिया दिनुहोस