आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पहलवान अमितले जिते कुस्तीको उपाधि

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) ५२३ पाठक संख्या

मधेसमा पछिल्लो समय कुस्ती प्रतियोगिता आकर्षक खेल बनेको छ । खासगरी तराईका सीमावर्ती जिल्ला तथा क्षेत्रमा कुस्ती प्रतियोगिता बडो धुमधामको साथ गराइँदै आएको पाइन्छ ।

यस्तै पश्चिम नवलपरासीको रामग्राम नगरपालिका –१४ हकुईमा पनि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।
मधेसको विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक खेल मध्ये कुस्तीलाई विशेष महत्व दिइन्छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर हकुईमा  अन्तर्राष्ट्रिय विराट दंगल कुस्ती प्रतियागितामा भारत रेलवय विभागका सव ईन्सपेक्टर अमित पहलवानले उपाधि जितेका छन् । उनका प्रतिद्वन्दी दिल्लीका कार्तिके पहलवानलाई पछि पार्दै
१ लाख ७५ हजार बराबरको भएको पुरस्कार हात पारेका हुन् ।

द्वितीय पुरस्कार १ लाखका लागि पन्जाबका बग्गा पहलवान र उनको प्रतिद्वन्द्वी पडरौनाका बच्चन पहलवान भिडेका थिए जसमा बग्गा पहलवान विजयी भएका छन् । तृतीय पुरस्कार ७५ हजारका लागि पन्जाबका काला पहलवानले जीत हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस