आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१३ सय वर्ष कैद, ८७ लाख जरिवाना

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) २६१ पाठक संख्या

जिल्लामा विभिन्न घटनाका अभियुक्तबाट १ हजार ३ सय वर्ष कैद र ८७ लाख रुपैयाँ भन्दा बढी जरिवाना भुक्तान गर्न बाँकी छ ।

२००७ सालदेखि २०७५ माघसम्ममा जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसला अनुसार १३ सय १२ वर्ष ११ महिनामा १४ दिन कैद र ८७ लाख १५ हजार १ सय ८४ रुपैयाँ ५५ पैसा असुल्न बाँकी रहेको जिल्ला अदालतका श्रेष्तेदार नन्दप्रसाद आचार्यले बताउनुभयो ।

श्रेष्तेदार आचार्यका अुनुसार केही सार्वजनिक अपराध मुद्दा, बहुविवाह, कर्तव्य ज्यान मुद्दा, मानव बेचबिखन, अंशबण्डा, जबर्जस्ती करणी, सम्बन्धविच्छेद, कुटपिट तथा लुटपाट, लागुऔषध ओसारपसार, ठगीलगायतका अभियोग लागेकाबाट कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको हो ।

अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएसँगै फरार रहेकालाई सजाय भुक्तानका लागि जिल्लाका सबै पालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, मालपोत, नापीलगायतका कार्यालयमा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकालाई पक्राउ लगत विवरणसहित सम्बन्धित निकायमा पत्राचार गरेका छौं’ उहाँले भन्नुभयो, ‘अदालतले कैद तथा जरिवाना तोकेका व्यक्तिबाट जरिवाना उठाई दाखिला गरेमा उठाएको रकमको २५ प्रतिशत प्रोत्साहन रकम र कैद लागेको व्यक्तिलाई अदालतसमक्ष दाखिला गरेको प्रतिमहिनाको १ सय ५० रुपैयाँका दरले प्रोत्साहन वापत रकम भुक्तानी गर्ने व्यवस्था  छ ।’

janta samachar

प्रतिक्रिया दिनुहोस