आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्वायक्त रुपमा काम कारवाही अघि बढोस्ः मन्त्री राई

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) ३७१ पाठक संख्या

सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय आवास कम्पनीलाई स्वायक्त रुपमा काम कारवाही अघि बढाउन निर्देशन दिनुभएको छ ।

राष्ट्रिय आवास कम्पनी लिमिटेडको ३०औ बार्षिकोत्सव समारोहलाई विहिबार राजधानीमा सम्बोधन गर्दै मन्त्री राईले स्थानीय र प्रदेश सरकारसंग समन्वय गरेर काम गर्न निर्देशन दिनुभयो । उहाँले कम्पनी स्वायक्त निकाय भएकाले राय सुझाव लिई आवश्यक पर्दा आफैले निर्णय गरेर अघि बढ्न सक्ने स्पष्ट पार्नुभयो । उहाँले स्थानीय तहले आवास निर्माणको लागि जग्गा उपलब्ध गराउने भएपनि त्यही वहाना वा स्थानीय सरकारको हैसियतमा जथाभावी रुपमा गरिने आग्रह पुर्वाग्रहमा नपरि कम्पनीले सामुहिक र राष्ट्रिय हितको पक्षमा काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । मन्त्रालयले जग्गा सम्बन्धी विनियावलि सम्बन्धित निकायमा पठाईसकेको उल्लेख गर्दे उहाँले जग्गाको वर्गिकरण र आवास निर्माण लगायतका काम गर्दा विनियावलिको सिमा र दायरामा रही काम गर्न पनि सचेत गराउनुभयो ।

मन्त्री राईले आवास निर्माणको दर बढाउदै गर्दा गरिबि अर्थात् आवास विहिनको संख्या पनि घट्दै जानुपर्ने भन्दै आफ्ना कार्यक्रम तथा योजनालाई उपलब्धिमुलक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । दैवी प्रकोप पीडीत अथवा आश्रय विहिन परिवारका लागि राज्यका विभिन्न भागहरुमा सम्बन्धित निकायबाट साधन लिई आवासको व्यवस्था गर्दै आएको राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई जग्गा उपलब्ध गराउने सवालमा स्थानीय तहबीच समस्या देखिदै आएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस