नेपाल विद्यार्थी संघका नेता, कार्यकर्ता र प्रहरी बीच झडप भएको छ । बिहान १०ः ३० बजेबाट पार्टी कार्यालय सानेपा तनाग्रस्त भएको छ । स्थिती नियन्त्रण लिन प्रहरीले लाठ्ठी चार्ज गरेको बताइएको छ ।
नेविसंघका नेताहरुले पार्टी नेतृत्वले विधि र विधान अनुसार नेविसंघको नेतृत्व चयन गर्नुपर्ने र आगामि नेतृत्व ३२ वर्ष मुनिका नेताहरुबाट चयन गर्नुपर्ने भन्दै नाराबाजी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस