जीपको ठक्करबाट शिवसताक्षी नगरपालिका–११ स्थित दुधेमा एक साइकलयात्रीको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ च ९४२९ नम्बरको बोलेरोले सोही नगरपालिकाका ४७ वर्षीय दिपक राईलाई ठक्कर दिएको हो ।
ठक्करबाट घाइते भएका राईको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
nayapatrika
प्रतिक्रिया दिनुहोस