आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गृहमन्त्रीलाई विपक्षी बनाएर ओलीको छोरीले दिइन् सर्वोच्चमा रिट

AuthorAP Khabar२०७५ चैत्र १४, बिहिबार (५ साल अघि) ५०६ पाठक संख्या

 १४ चैत   नेत्रविक्रम चन्द विप्लव नेतृत्वको ‘नेकपा’का स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई सर्वोच्चमा उपस्थित गराई थुनामुक्त गराउन छोरी विपना ओलीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेकी छिन् । बुधबार हेमन्त ओली, लोकेन्द्र खड्का र विपना ओलीको नाममा सर्वोच्चमा दर्ता रिटमा पक्राउ गरेकालाई निःशर्त अदालतमा उपस्थित गराई रिहाइको लागि आदेश जारी गर्न आग्रह गरिएको छ ।

ओलीले बुबा हेमन्त प्रकाश र दाइ लोकेन्द्र खड्कालाई सरकारले गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै उक्त रिट दर्ता गरेकी हुन् । कानुन व्यवसायीहरु वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल, राजु अधिकारी र कान्तीराम ढुंगानाको सहयोगमा सर्वोच्चमा बन्द्र प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेकी
छिन् । मुद्दामा गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी प्रभाग ललितपुर, प्रभाग प्रमुख, जिल्ला प्रहरी कार्यालय काभ्रे, जिप्रका काभ्रेका प्रमुख, ललितपुर जिल्ला अदालतलाई विपक्षी बनाइएको छ ।

ओली र खड्कालाई यही चैत ९ गते काभ्रेबाट काठमाडौं फर्किने क्रममा प्रहरीले पक्राउ गरेको थियो । आफ्ना बुबा हेमन्त सुगर र प्रेसरको रोगी भएकाले नियमित औषधि सेवन गरिरहनुपर्ने दाबी गर्दै अदालतमा झिकाई तुरुन्त रिहा गर्न आदेश जारी गर्न माग गरिएको छ । त्यस्तै ओली कुनै पनि आपराधिक संगठनमा संलग्न नभएको र जिम्मेवार राजनीतिक दलमा सक्रिय रहेकोले राजनीतिक पूर्वाग्रहमा पक्राउ गरिँदा नेपालको संविधानले दिएको राजनीतिक दल खोल्न पाउने, विचार र अभिव्यक्ति स्वतन्त्रताको हनन गरी पक्राउ गरिएको सर्वोच्चमा दर्ता भएको मुद्दामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस