आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवनमा रोकिराखेको ट्रकसंग मोटरसाइकल ठोक्कियो,एकको मृत्यु

AuthorAP Khabar२०७५ चैत्र २५, सोमबार (५ साल अघि) ३३३ पाठक संख्या

चैत २५  चितवनमा बिग्रेर रोकिराखेको ट्रकसंग मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ भने अर्का एक घाईते भएका छन् ।

भरतपुर महानगरपालिका – १ रामनगर जंगलमा गएराति ८:३५ बजे ना ६ ख ५७२९ नं को ट्रकमा ना २० प ७५१८ नं को मोटरसाईकल ठोक्किदाँ पछाडी सवार पोखरा महानगरपालिका ३१ का १६ वर्षीय सरोज भुजेलको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । भुजेलको उपचारको क्रममा राति करिब १० बजे पुरानो मेडीकल कलेजमा मृत्यु भएको हो । भुजेलको शव पोसमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ।

त्यस्तै घाईते हुनेमा मोटरसाईकल चालक तनहु देवघाट – ५ का अन्दाजी ४० वर्षीय महेश्वर कडेल रहेका छन् । कडेलको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस