आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वप्रधानमन्त्री नेपाल अस्पतालबाट डिस्चार्ज, केहीदिन आराम गर्न डाक्टरको सुझाव

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ३७० पाठक संख्या

चैत्र २७ पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

पूर्वप्रधानमन्त्री नेपाल ज्वरो तथा रूघाखोकीको कारण चैत २४ गते महाराजगंजस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । ज्वरो तथा रूघाखोकी निको भएपछि अस्पतालबाट बुधबार बिहान घर फर्कनु भएको हो ।

घर फर्किनेक्रममा उहॉले उपचारमा संलग्न डा सन्तकुमार दास, डा निरज बम र डा सबिन थपलिया सहितको चिकित्सक टोली, नर्स र अस्पताल प्रशासनलाई बिशेष धन्यवाद दिनुभएको छ । चिकित्सकले उहाँलाई एक साता घरमै आराम गर्न सल्लाह दिएका छन् । चिकित्सकले केही दिन आराम गर्नू भनेपछि पूर्वप्रधानमन्त्री नेपालको सचिवालयले एक सातासम्म नेता तथा कार्यकर्ताको भेटघाट बन्द गरिएको जनाएको छ ।

नेता नेपालले उपचाररत अवस्थामा भेटेर तथा विभिन्न किसिमले स्वास्थ्यलाभको कामना गर्नुहुने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, पार्टी अध्यक्ष, मन्त्री र सांसदसहित विभिन्न नेता तथा कार्यकर्ता, कर्मचारी, सुरक्षाकर्मी र शुभेच्छुकप्रति आभार प्रकट गर्नुभएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस