आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकै परिवारका पाँच अधिकृत

AuthorAP Khabar२०७५ चैत्र २८, बिहिबार (५ साल अघि) ७१४ पाठक संख्या

चैत्र २८  सरकारी सेवामा नाम निकाल्ने र मुलुकको प्रशासक बन्ने रहर कसलाई पो हुँदैन र ? मुलुकको कुशल प्रशासक बन्ने रहर धेरैले पालेका हुन्छन् । तर, सफलता पाउने अवसर कमैलाई हुन्छ र कमैले अवसर पाउँछन्, यस्तै अवसर अर्घखाँचीका पोख्रेल परिवारलाई मिलेको छ । जुन परिवारका पाँच जना दाजुभाइ तथा दिदीबहिनी नै अधिकृत हुन सफल भएका छन् ।

साबिकको जुकेना–९ अन्तर्गत पर्ने हालको सितगंगा नगरपालिका–६ चिसापानीको मध्यमवर्गीय पोख्रेल परिवारका पाँच जना छोराछारीले नै शाखा अधिकृतका रूपमा देशको प्रशासन हाक्ने अवसर प्राप्त गरेका हुन् । यसरी, अवसर प्राप्त गर्नेमा एकै परिवारका प्रेमराज पोख्रेल, सीता पोख्रेल, सरोज, अञ्जना पोख्रेल र रञ्जिता छन् । समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस