चैत्र २८ देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अपराह्नपछि देशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।
त्यस्तै राति देशको पूर्वी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भु–भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।
janta samachar
प्रतिक्रिया दिनुहोस