आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा स्थापना दिवसमा जिल्ला नेतृत्वको टुंगो, पूर्वएमालेलाई ४४ र पूर्वमाओवादीलाई ३३ जिल्ला, पोलिटब्युरोमा ८१र६६ को भागबन्डा

AuthorAP Khabar२०७६ बैशाख ९, सोमबार (५ साल अघि) ४०५ पाठक संख्या

काठमान्डौँ, बैशाख ९ : सत्तारुढ नेकपाले आज (सोमबार) १२ बजेपछि ७७ जिल्लामा एकैचोटि अध्यक्ष र सचिवको घोषणा गर्दैछ । एकता सुरु भएको एघार महिनापछि नेकपाले जिल्ला तहको नेतृत्व टुंग्याएको हो । सोमबार नेकपाको ७०औँ पार्टी स्थापना दिवस पनि हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले तयार पारेको प्रस्तावलाई पारित गरेसँगै एकीकरणको मूल कामले पूर्णता पाएको हो ।

यसअघि फरक मत राख्दै आएका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि अध्यक्षद्वयले सहमतिमा ल्याएको नेकपा स्रोतले जनाएको छ । सचिवालय बैठकले भूगोलबाहेकका प्रवास कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटी, उपत्यका विशेष प्रदेश र त्यसअन्तर्गतका तीन जिल्लासँगै २२ जनसंगठनको एकीकरण भने टुंग्याउन बाँकी छ । एकताको बाँकी काम पनि केही दिनमै सक्ने नेताहरूले बताएका छन् । निर्वाचन क्षेत्र र स्थानीय तहमा भने जिल्लास्थित कार्यदलले नै अधिकांश स्थानमा भागबन्डा गरिसकेका छन् ।

पूर्वएमालेलाई ४४, पूर्वमाओवादीलाई ३३ जिल्ला
नेकपा सचिवालयले पूर्वएमालेले ४४ र माओवादीले ३३ जिल्लामा नेतृत्व पाउने गरी भागबन्डा गरेको छ । स्थायी समिति सदस्य संयोजक रहेको प्रदेश तहमा गठित कार्यदललबाट प्राप्त सिफारिसका आधारमा भागबन्डा भए पनि जिल्ला नेताको सूची सार्वजनिक गरिएको छैन । पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा काठमाडौंमा आज (सोमबार) सूची सार्वजनिक गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस