आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुखद् संयोग : ७० वर्षे यात्रामा शक्तिशाली कम्युनिष्ट

AuthorAP Khabar२०७६ बैशाख ९, सोमबार (५ साल अघि) ४६९ पाठक संख्या

बैशाख ९   ‘संसारका मजदुहरू एक होऔं’ भन्ने नाराका साथ स्थापना भएको कम्युनिष्ट पार्टी नेपालमा २००६ सालमा स्थापना भयो । ‘नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ’ भन्ने नारा थपिएको नेपाल कम्युनिष्ट पार्टी ७० वर्ष पूरा भएको छ ।

कम्युनिष्ट विचारधारा बोकेर नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज ७० वर्ष पुगेको छ । राणाकालीन समयमा नागरिक स्वतन्त्रता र वर्गीय मुक्तिको उद्घोषका साथ जन्मिएको नेपाल कम्युनिष्ट पार्टी यो ७० वर्षमा सत्तारुढ नै बनेको छ, संसदीय दुई तिहाईको शक्ति बनेर ।

अर्को, सुखद् संयोग– यो ७० वर्षे यात्रामा सवैभन्दा शक्तिशाली र एकताबद्ध पार्टी पनि बनेको छ । फुटको राजनीतिबाट मुक्त हुन नसकेको संघीय संसदमा यसपटक एउटै कम्युनिष्ट पार्टी छ । प्रतिपक्षीमा अर्का प्रजातान्त्रिक शक्ति कांग्रेस छ । यो ७० वर्ष पुगेकै अवसरमा नेकपाले जिल्ला तहसम्मकै एकता टुंग्याएको छ ।

२००६ सालमा स्थापना भएको नेकपाले २०१० मा पहिलो महाधिवेशन, २०१४ मा दोस्रो र २०१९ मा तेस्रो महाधिवेशन ग¥यो । यसपछि भने नेकपामा फुट आयो । पञ्चायत र २०४६ पछिको बहुदलीय व्यवस्थामा पनि नेकपाका थुप्रै दल बने । २०५१ एउटा नेकपा एमालेले लोकप्रिय नौ महिने सरकार चलायो ।

२०५२ मा अर्का धार माओवादीले सशस्त्र जनविद्रोहको घोषणा ग¥यो । १० वर्षे जनयुद्ध १२ बुँदे सहमति, दोस्रो जनआन्दोलन अनि शान्ति सम्झौता हुँदै टंगियो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । २०७२ मा संविधानसभाबाट संविधान जारी भयो ।

यसपछि नेकपामा एकता प्रक्रिया शुरु भयो । निर्वाचनमा गठबन्धन, ६ प्रदेश र संघीय सरकारमा नेकपा सरकार २०७५ मा पार्टी एकता गरेको नेकपाले २०७६ को पहिलो महिना नै जिल्ला तहकै एकता सकेको छ । तर, नेकपाको कार्यभार भने घटेको छैन ।

  • नेकपा स्थापनाः २००६
  • पहिलो महाधिवेशनः २०१०
  • दोस्रो महाधिवेशनः २०१४
  • तेस्रो महाधिवेशनः २०१९
  • नेकपामा विभाजन शुरू
  • नेकपा एमालेको नौ महिने सरकारः २०५१
  • माओवादी सशस्त्र जनविद्रोह घोषणाः २०५२
  • १२ बुँदे सम्झौता, जनआन्दोलनः २०६२
  • बिस्तृत शान्ति सम्झौताः २०६३
  • निर्वाचनमा गठबन्धनः २०७४
  • पार्टी एकताः २०७५
  • जिल्ला तहमै एकीकरणः २०७६

प्रतिक्रिया दिनुहोस