आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मेसीको गोलमा बार्सिलोनाले जित्यो ला लिगा

AuthorAP Khabar२०७६ बैशाख १५, आईतबार (५ साल अघि) ३४२ पाठक संख्या

बैशाख १५ कप्तान लिओनेल मेसीले एकमात्र गोल गरेपछि क्याटलान क्लब बार्सिलोना ३ खेल अगावै स्पेनिस ला लिगा च्याम्पियन बनेको छ । ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा लेभान्टेमाथि १–० को झिनो तथा महत्वपुर्ण जित निकाल्दै बार्सिलोना ती खेल अगावै च्याम्पियन बन्न सफल भएको हो ।

बार्सिलोनालाई दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडमाथि ९ अंकको अग्रता प्राप्त छ। एकअर्काविरुद्धको खेलमा राम्रो नतिजा निकालेको हुनाले एटलेटिकोले अब बार्सिलोनालाई उछिन्न सक्ने छैन्।बार्सिलोनाले स्पेनी लिग उपाधि जितेको यो २६ औं पल्ट हो।

प्रतिक्रिया दिनुहोस