आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कर्णाली प्रिमियर लिग : न्यू होराइजनले हिमालयन क्रिकेट एकेडेमीलाई ५ विकेटले हरायो

AuthorAP Khabar२०७६ बैशाख १७, मंगलबार (५ साल अघि) ४३५ पाठक संख्या

बैशाख १७ सुर्खेतमा भैरहेको वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौं दिनको पहिलो खेलमा शक्ति गौचन कप्तानीको न्यू होराइजन क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गरेको छ ।

समुह ‘बी’ अन्तर्गत न्यू होराइजनले ३ खेल खेल्दा २ जित र १ हार बेहोर्दै ४ अंक पुगेको छ भने एपीएफको पनि २ खेल खेल्दा २ जितको साथ ४ अंक रहेको छ। महेन्द्रनगर क्रिकेट एकेडेमीको २ खेलमा १ जित र १ हार सहित २ अंक रहेको छ ।

अब भोलि बुधबार हुने एपीएफ र महेन्द्रनगर क्रिकेट एकेडेमी बीचको खेलले समूहबाट सेमीफाइनल पुग्ने २ टिम निश्चित हुनेछ। समुह ‘ए’ बाट कर्णाली-११ सेमिफाइनाल प्रवेश गरिसकेको छ भने अर्को १ टिमको टुंगो मंगलबार हुने त्रिभुवन आर्मी र मध्य-पश्चिम क्रिकेट क्लब बीचको खेल पछि लाग्नेछ।

कालिन्चोक मैदानमा मंगलबार बिहान सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको न्यू होराइजन क्रिकेट एकेडेमीले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९२ रनको योगफल तयार गरेको थियो ।

हिमालयनको लागि दीपेन्द्र ऐरीले सर्वाधिक २५ रन बनाए। होराइजनका बलर अर्जुन रायमाझीले सर्वाधिक ३ विकेट तथा शक्ति गौचन र गोविन्द खत्रीले २/२ विकेट लिए ।

९३ रनको लक्ष्य न्यू होराइजनले १४ ओभरमा ५ विकेट गुमाएर भेटायो । निश्चल चौधरीले विस्फोटक इनिंग खेल्दै २९ बलमा ४ छक्का र ३ चौका मदतले अविजित ५० रन बनाएपछि होराइजनले जित हासिल गर्‍यो । सुरज दराईले ११, अर्जुन रायमाझीले १० तथा शक्ति गौचनले अविजित १० रन बनाए ।

हिमालयन क्रिकेट एकेडेमीका बलर पवन कार्कीले ३ विकेट तथा हेमन्त धामीले २ विकेट लिए पनि जित हाँसिल गर्न पर्याप्त रहेन ।

खेलको प्लेयर अफ द म्याच निश्चल चौधरी चुनिए ।

 

प्रतिक्रिया दिनुहोस