आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोलकताले पन्जाबलाई ७ विकेटले हरायो

AuthorAP Khabar२०७६ बैशाख २१, शनिबार (५ साल अघि) ३६० पाठक संख्या

बैशाख २१

कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलाभेन पन्जाबमाथि सहज जित निकालेको छ । शुक्रबार राती सम्पन्न खेलमा पन्जाबलाई ७ विकेटले हराउँदै अंक तालिकामा पाँचौ स्थानमा उक्लिदै प्ले अफको संभावना बलियो बनाएको छ ।

१ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १८ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो । कोलकताको जितमा ओपनर शुभमन गिलले उत्कृष्ट ब्याटिङ गरे । ४९ बल सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा नटआउट ६५ रन बनाए । शुभमनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । आईपीएलको जारी सिजमा उनको यो तेस्रो अर्धशतक हो । आईपीएल क्रिकेटमा उनले पहिलो पटक उनले म्यान अफ द म्याचको पुरस्कार पनि जिते । कोलकताका लागि क्रिस लिनले ४६, आन्द्रे रसेलले २४ र कप्तान दिनेश कार्तिकले नटआउट २१ रन योगदान गरे ।

पन्जाबका लागि मोहम्मद शामी, रविचन्द्रन आश्विन र एन्ड्र्यु टोयले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले साम करेनको ५५, निकोलस पुरनले ४८ र मयंक अग्रवालको ३६ रनको मद्दतमा १८३ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस