आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने प्रधानाध्यापक पक्राउ

AuthorAP Khabar२०७६ बैशाख २४, मंगलबार (४ साल अघि) २९८ पाठक संख्या

बैशाख २४

साइबर क्राइमअन्तर्गत फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यलय मेलम्चीले मंगलबार उनलाई पक्राउ गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विवाहबन्धनमा बाँधिएकोे फोटो बनाएर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

पक्राउ परेका चौलागाईंलाई आजै महानगरीय अपराध महाशाखामा बुझाउने निरीक्षक दर्नालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस