आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

AuthorAP Khabar२०७६ बैशाख २४, मंगलबार (४ साल अघि) ४३९ पाठक संख्या

बैशाख २४
काठमाडौं । सुर्खेत र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–१ टेम्पो पार्कस्थित ना–७ ख २५७७ नम्बरको बसले सोमबार साँझ ठक्कर दिंदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने तिर्थ बहादुर शाहीको ४ वर्षीय छोरा अंकित शाहीको उपचारको लागि कर्णाली प्रदेश अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ठक्कर दिने बसलाई नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै बाराको करैमाई गाउँपालिका–२ करैया टोलस्थित सडकमा ना–२ त १८०५ नम्बरको ट्याक्टरले ठक्कर दिंदा सोही ठाउँ बस्ने महेश चौधरीको ६ वर्षीय छोरा मनिस चौधरीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस