आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महोत्तरीमा आगलागिबाट लाखौको क्षति

AuthorAP Khabar२०७६ बैशाख २४, मंगलबार (४ साल अघि) २३८ पाठक संख्या

महोत्तरी, वैशाख २४ गते ।

महोत्तरीमा आगलागिबाट लाखौको क्षति भएको छ । महोत्तरीको जलेश्वर नगरपालिका ४ मुसहर टोल बस्ने देवेन्द्र पाण्डेको घरमा सोमवार अचानक आगलागी भई धनमाल जलि नष्ट हुँदा लाखौ मुल्य बरावरको क्षति भएको हो ।

करिव ४स्३० बजेको समयमा भएको उक्त आगलागीबाट पाण्डेको खपडाले छाएको ४ वटा कोठा भएको भुई तले घरमा अचानक आगलागी हुँदा घर र घर भित्र रहेको नगद, सुन, अन्नपात, लत्ता कपडा, भाँडाकुडा र ३ वटा बाख्राको पाठा समेत पूर्ण रुपमा जलि नष्ट हुँदा उक्त क्षति भएको हो ।

उक्त आगलागी भएको भन्ने सूचना प्रहरीलाई प्राप्त हुन साथ अस्थाई प्रहरी पोष्ट महोत्तरी नगरपालिकाबाट खटिएको प्रहरी टोलीले स्थानिय र दमकलको सहयोगमा ५स् १५ बजेको समयममा उक्त आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायव उपरीक्षक दान बहादुर थापा बताए ।

प्रतिक्रिया दिनुहोस