आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेसको अवरोधबीच संसद् बैठक सञ्चालन

AuthorAP Khabar२०७६ बैशाख २४, मंगलबार (४ साल अघि) ३३३ पाठक संख्या

बैशाख २४
काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले प्रयोग गरेको शब्दावलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभा बैठकमा अवरोधको प्रयास गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले प्रस्टीकरण दिने क्रममा ‘आक्रोश, कुण्ठा र निम्सरो अभिव्यक्तिको वास्ता नगरी प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भनेपछि कांग्रेस सांसदहरुले विरोध जनाएका हुन् ।

प्रधानमन्त्रीको शब्दावलीप्रति पहिले कांग्रेस सांसद मिन विश्वकर्माले विरोध गरे। सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको बताए। त्यसपछि कांग्रेसका अन्य सांसदहरु पनि उठे । त्यस बीचमा प्रधानमन्त्री ओलीले आफू सांसदको जिज्ञासामा प्रस्टीकरण दिन उभिएको भनेका थिए। उनले थपेका थिए, ‘मान्य सदस्यज्युहरुसँग म धेरै बहस गर्न चाहन्छ । प्रश्न सोध्ने पनि एउटा मर्यादा हुन्छ ।’
कांग्रेस सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्रीले बोलेको शब्द संसदको अभिलेखबाट हटाउन माग गरे ।सभामुख महराले ध्यानाकर्षण भएको भन्दै बसेर प्रधानमन्त्रीको प्रस्टीकरण सुनिदिन पटक पटक आग्रह गरे। त्यसपछि पनि कांग्रेस सांसदहरु संसदीय मर्यादा पालना गर्न माग गर्दै बस्न नमानेपछि प्रधानमन्त्रीले छोटोमा जवाफ दिए।

प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम माथिको छलफल सकिएको सभामुख महराले घोषणा गरे। लगत्तै सभामुखले प्रक्रिया अगाडि बढाए। नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गराइएको थियो।

प्रतिक्रिया दिनुहोस