आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोदालो प्रहार गरी छिमेकीको हत्या

AuthorAP Khabar२०७६ बैशाख २५, बुधबार (४ साल अघि) ८७८ पाठक संख्या

बैशाख २५
पर्सामा एक युवाले कोदालो प्रहार गरी छिमेकीको हत्या गरेका छन् ।

बीरगञ्ज महानगरपालिका–३२ बदननगर बस्ने ५५ वर्षीय रत्न माझीको छिमेकीले कोदालो प्रहार गर्दा मंगलबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ३२ वर्षीय ध्रुप माझीसँग जग्गाको विषयमा झै–झगडा हुँदा ध्रुपले रत्नलाई कोदालोले टाउकोमा प्रहार गरेका थिए ।

कोदालो प्रहारबाट गम्भीर गम्भीर घाइते भएका रत्नलाई बीरगंज हेल्थ केयर हुँदै थप उपचारको लागि नारायणी अस्पताल रिफर गरेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस