आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकताको दुई दिन नबित्दै समाजवादी पार्टीमा सुरु भयो असन्तुष्टि

AuthorAP Khabar२०७६ बैशाख २५, बुधबार (४ साल अघि) ३२० पाठक संख्या

बैशाख २५

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकता गरेर बनेको समाजवादी पार्टीका नेताहरुमा असन्तुष्टि सुरु भएको छ ।

एकता घोषणा गरेको २ नबित्दै सो पार्टीका झण्डै एक दर्जन नेताहरु बाहिरिने तयारीमा लागेका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफललाई तीव्र बनाएका छन् । नयाँ शक्ति र फोरमबीच वैशाख २३ गतेमात्रै एकता गरेर समाजवादी पार्टीको घोषणा गरिएको थियो । असन्तुष्टि जनाउने समूहमा तत्कालीन नयाँ शक्तिका नेताहरु रहेका छन् ।

उनीहरुले बुधबार भेला गरेका छन्, जहाँ पूर्व नयाँ शक्ति पार्टीका सचिवालय सदस्यहरु मदन राई, कल्पना धमला, भक्तबहादुर शाह, रामबहादुर बोहोरा, सोनामसिंह स्याङतान, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुली लगायत उपस्थित थिए । उनीहरुले फोरमसँगको पार्टी एकता प्रकृया नै गलत भएको निष्कर्ष निकाल्दै विकल्पको खोजीमा लागेका बताएका छन् । भेलामा सहभागी नेताहरुले पार्टी कमिटीलाई औपचारिकतामात्र सीमित गरेको तथा पार्टी एकता गर्नुपूर्व छलफल नभएकोमा असन्तुष्टि जनाएका छन् । उनीहरुले नेतृत्वलाई वैकल्पिक राजनीति भविष्य केही हुन्छ ? भन्ने प्रश्न समेत गरेका छन् ।

यसैबीच असन्तुष्ट मध्येका केही नेता बुधबार नै नेकपामा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ । त्यसका लागि नेकपा पार्टी कार्यालयमा पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले ‘विशेष’ कार्यक्रमको आयोजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस