आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चोरको आक्रमणबाट दम्पती घाइते, २ तोला सुन लुटियो

AuthorAP Khabar२०७६ बैशाख २५, बुधबार (४ साल अघि) २७४ पाठक संख्या

बैशाख २५

पूर्वी चितवनको राप्तीमा बुधवार बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–७ बस्ने ७६ वर्षीय ओम शर्मा पोखरेलको घरमा आज बिहान करीब २ बजे दुई जनाको समूहले मास्क लगाएर चोरी गर्ने क्रममा पोखरेल दम्पतीलाई कुटपिट गरेका हुन् । सो क्रममा पोखरेल र उनकी ६५ वर्षीया श्रीमती मनरुपा घाइते भएका छन् ।

उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मनरुपाको कानको गहना लुट्ने क्रममा कानको लोती चुँडिएको प्रहरीले बताएको छ । उनीहरूको साथबाट रिङ र सिक्री गरी करीब दुई तोला सुन लुटिएको प्रहरीले जनाएको छ । पोखरेल दम्पतीको अवस्था खतरामुक्त रहेको र चोरी गर्ने समूहको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस