आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरको मुख्य राजमार्ग नै बन्यो डम्पिङ्ग साईट,यात्रुलाइ समस्या

AuthorAP Khabar२०७६ बैशाख २६, बिहिबार (४ साल अघि) ३५३ पाठक संख्या

बैशाख २६ जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले फोहर व्यवस्थापनकालागि ठाउँ अभाव भएको भन्दै चरम लापर्वाही गरेको र जीतपुरको मुख्य राजमार्गमा नैं डम्पिङ्ग साईट बनाएको भेटिएको छ ।

बाराको जीतपुरसिमरा उपमाहानगरपालिकामा फोहर ब्यवस्थापनको समस्या समाधानहुननसक्दा राजमार्गमै फोहोर फयाक्ने क्रमअझै रोकिएको छैन । जीतपुरसिमरा उपमाहानगरपालिकाले फोहर ब्यवस्थापनकोलागि डम्पिङ साईट निर्माणकालागि उपमाहानगरपालिकाले कार्य सुरु नगरेको भने होईन तर कतै स्थानीयको अवरोध त कतै बन समितीको बिरोधले फोहोर बिसर्जन हुन नसक्दा बाटोमा हिडने बटुवाहरुलाई दुर्गन्धले सास्ती खेप्नु परिरहेको छ ।

जीतपुर सिमरा उपमाहानगरपालिकामा फोहोर ब्यवस्थापनको जिम्मा पाएको नेपाल क्लिन एण्ड ग्रिन सिटी प्रा.लि. ले डम्पिङ साईट नभएको भन्दै जीतपुरसिमरा बजार क्षेत्रबाट सङकलन हुने दैनिक फोहर राजमार्गकै छेउछाउँमा फयाक्ने गरेको छ । राजमार्गमै फोहोर फयाकिदा दुर्गन्धले एकातिर सताउने गरेको छ भने फोहर डढाउन बालिने आगोका कारण राजमार्ग क्षेत्रमा हिड्ने सवारी साधनतयायात्रु अर्कातिर मार खेप्न बाध्य छन ।

मुख्य राजमार्गको सड्क किनारालाई उपमहानगरपालिकाले डम्पिङ्ग साईटका रुपमाप्रयोग गर्न थाले पछि स्थानीयवासी र यात्रुहरुले अहिले सास्ती भोग्नु परिरहेको छ भने निर्माणाधिन ६ लेनको व्यापारीक मार्गको काम समेत प्रभावित बन्ने देखिएको छ । ६ लेनको व्यापारी कमार्ग निर्माणको काम भईरहेको र फोहर माथी माटो हाल्न नमिल्ने भएकाले उपमहानगरपालिकाको फोहरले विकास निर्माणलाई समेत अवरोध पु-याउँने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस