आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री ओली भियतनाम प्रस्थान, अन्य उडान स्थगित

AuthorAP Khabar२०७६ बैशाख २६, बिहिबार (४ साल अघि) ३२१ पाठक संख्या

बैशाख २६ काठमाडौं । प्रधानमन्त्री केपी ओली भियतनाम प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री पडेइ टेको हुन सेनको निमन्त्रणामा यसतर्फ जान जानुभएको हो ।

प्रधानमन्त्री ओली भियतनाम भ्रमणका लागि जानुहुने भएपछि केही समयका लागि उडान स्थगित गरिएकाे छ ।

एक साताका लागि कम्बोडियाको भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना भियतनामका समकक्षी फुकसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । प्रधानमन्त्रीले भियतनामको ह नामको प्रान्तमा आयोजना हुने अन्तराष्ट्रिय वैशाख दिवस तथा होचि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

त्यसैगरि दुवै देशले द्विपक्षीय सम्बन्धलाई प्रवद्र्धन गर्न केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने जनाइएको छ । भियतनामको भ्रमण सकिएपछि प्रधानमन्त्री ओली कम्बोडिया जानुहुनेछ । कम्बोडियाका समकक्षी हुन सेनसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री वैशाख २६ देखि ३० गतेसम्म भियतनाम र वैशाख ३०–जेठ १ गते कम्बोडिया रहनुहुने छ । उहाँ जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

श्रोत जनता समाचार

प्रतिक्रिया दिनुहोस