आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा सचिवालय बैठक आज, केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी टुंग्याउने तयारी

AuthorAP Khabar२०७६ जेष्ठ ५, आईतबार (४ साल अघि) ३७४ पाठक संख्या

५ जेठ काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को एकता पक्रियाको बाँकी काम टुङ्गो लगाउन आज सचिवालय बैठक बस्दैछ । एकता घोषणा भएको एक वर्ष पूरा भए पनि एकता प्रक्रियाका केही काम टुङ्गो लगाउन बैठक आव्हान गरिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा पोलिटव्युरो कमिटीमा रहने सदस्य, केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी टुग्याउने तयारी गरेको छ । त्यस्तै पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारेपनि बैठकमा छलफल हुनेछ ।

यसअघि बिहीबार बसेको सचिवालय बैठकले पार्टीको जनवर्गीय सङ्गठनको नेतृत्वबारेमा सहमति जुटाएको थियो । नेकपाले २०७५ जेठ ३ गते पार्टी एकताको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस