आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

समाजवादी पार्टीको कार्यालय बालकुमारीमा

AuthorAP Khabar२०७६ जेष्ठ ५, आईतबार (४ साल अघि) ४६७ पाठक संख्या

जेठ ५

समाजवादी पार्टी नेपालले तत्कालीन संघीय समाजवादी फोरमको साविक कार्यालयलाई केन्द्रीय मुकाम बनाउने भएको छ । अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच फोरमको बालकुमारीस्थित साविक कार्यालयलाई नै व्यवस्थित गर्ने सहमति भएको हो ।

तत्कालीन नयाँ शक्ति पार्टीको बबरमहलमा रहेको केन्द्रीय कार्यालयमा पार्किङ समस्या भएको समाजवादी पार्टीका उपाध्यक्ष पर्शुराम खापुङले बताए । ‘नयाँ पार्टीको केन्द्रीय कार्यालयको मर्मत संभारसँगै रङरोगन धमाधम हुँदैछ ।’ खापुङले भने, ‘अध्यक्षद्वयलगायत पदाधिकारीको कार्यकक्ष तयार हुँदैछ ।’

निर्वाचन आयोगमा नाम जुधेपछि नयाँ पार्टीको नाम के राख्ने भन्ने विषयमा छलफल भइरहेको उपाध्यक्ष खापुङले बताए । ‘हाम्रो पार्टीसँग नाम मिल्ने अरू पार्टी पनि दर्ता रहेछ,’ उनले भने, ‘नाम नजुध्ने गरी दर्ता गर्ने तयारीमा छौँ ।’ केही दिनभित्रै पार्टी निर्वाचन आयोगमा दर्ता हुने खापुङले बताए ।

प्रतिक्रिया दिनुहोस