आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाको सचिवालय बैठक स्थगित, कार्यविभाजनमा शीर्षनेताबीच मतभेद

AuthorAP Khabar२०७६ जेष्ठ ५, आईतबार (४ साल अघि) २९९ पाठक संख्या

जेठ ५ काठमाडाैं । पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजनका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

पोलिट्व्यूरो सदस्यको नामावली नटुंगिएको र कार्यविभाजनमा शीर्षनेताहरुबीच विमति हुँदा बैठक स्थगित भएको बताइएको छ । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले आज बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गर्नुभएको हो । अध्यक्ष ओलीले गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गर्नुभएको एक नेताले जानकारी दिए । यसअघि शुक्रबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो ।

सो बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्यविभाजनबारे छलफल भएपनि आज निर्णय गर्ने भन्दै बैठक बोलाइएको थियो ।

source news24

प्रतिक्रिया दिनुहोस