आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा अध्यक्षबिच वैचारिक र सैद्धान्तिक विषयमा मतभेद

AuthorAP Khabar२०७६ जेष्ठ ६, सोमबार (४ साल अघि) ३३३ पाठक संख्या

जेठ ६

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल अझै सैध्दान्तिक रुपमा एक नभैसकेको कुरा उनीहरुले नै स्पष्ट पारिदिएका छन् । यसबारे ओली र दाहालवीच गहिरो असहमति देखिएको छ ।

पार्टी एकता घोषणा भएको एक वर्ष पूरा भए पनि पार्टीमा वैचारिक र सैद्धान्तिक विषयमा मतभेद कायमै रहेको देखिएको छ । गत वर्षको जेठ ३ गते मदन–आश्रित स्मृति दिवसको अवसरमा एक भएका तत्कालीन एमाले र माओवादीभित्र अझै सैद्धान्तिक विषयमा मतभिन्नता रहेको देखेर कार्यकर्तावीच नै अन्योल बढेको देखिएको छ ।

एकताका घोषणाको समयमा तीन महिनाभित्र एकताका सम्पूर्ण प्रक्रिया टुंगो लगाउने घोषणा नेकपाका शीष नेताहरूबीच नै खुलमखुला वैचारिक विषयमा दोहोरी चल्न थालेका छन् ।

यसले पार्टी एकताको एक वर्ष बिते पनि शीर्ष नेताहरूबाट नै सैद्धान्तिक वैचारिक विषयमा अझै सहमति जुट्न नसकेको प्रस्ट भएको छ ।

जनवर्गीय संगठनको नेतृत्व सूची सच्याउन दबाब

शुक्रबार सबै जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको घोषणा गरे पनि नेता कार्यकर्ताहरू भने नेतृत्वप्रति अझै रुष्ट छन् । नेकपाका नेता रघुजी पन्तले विधि प्रक्रियाअनुसार एकता प्रक्रिया टुंगो नलाग्दा पार्टीभित्र असन्तुष्टि बढिरहेको बताए । ‘दुईजनाले गरेको निर्णय नै पूर्ण हो भन्ने धारणाले साथीहरूमा निराशा छाएको छ,’ उनले भने, ‘प्रक्रियाअनुसार सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमा छलफल गरेर सबै विषय टुंग्याएको भए राम्रो हुन्थ्यो ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमाथि प्रस्तावित पोलिटब्युरो सूची सच्याउन दबाब परेको छ । अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँगको परामर्शमा तयार पारेको सूची बाहिरिएपछि आकांक्षीहरूले दबाब बढाएका हुन् । दबाब झेल्न नसकेपछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठक शीर्ष नेताहरूबीच आवश्यक गृहकार्य पूरा भएपछि बस्ने गरी स्थगित भएको छ ।

पोलिटब्युरो चयनमा पूर्वएमालेमा भन्दा पूर्वमाओवादी समूहमा समस्या छ । सूची बाहिरिएपछि आकांक्षीहरूले दबाब बढाएको भन्दै अध्यक्ष प्रचण्डले आवश्यक गृहकार्यपछि मात्र पूर्वमाओवादीका तर्फबाट अर्को सूची पेस गर्ने भन्दै २ जेठको सचिवालय बैठकमा छलफल गर्न नसकिने बताएका थिए ।

युवा नेताहरूलाई नियतवश छुटाइएको आरोप

पूर्वएमालेभित्र पनि केही युवा नेताहरूलाई नियतवश छुटाइएको आरोप खेप्नुपर्दा नेतृत्व उनीहरूलाई समेट्नुपर्ने दबाबमा छ । पूर्वएमालेका तर्फबाट प्रस्तावित सूचीमा वरिष्ठ नेता नेपालले राजेन्द्र राई र ठाकुर गैरेको नाममा अडान लिएका छन् । वरिष्ठ नेता नेपाल, सचिवालय सदस्यहरू रामबहादुर थापा बादल र विष्णु पौडेलसमेत बसेर अध्यक्ष ओली र प्रचण्डले पोलिटब्युरोको सूची गृहकार्य गरेका थिए । तर, उक्त सूचीबारे सचिवालय बैठकमै नेताहरूले प्रश्न उठाएपछि छलफल जनसंगठनको एकता टुंग्याउने एजेन्डातर्फ मोडिएको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सूची बाहिरिएपछि नेतृत्व दबाबमा परेको संकेत गर्दै संशोधित सूचीपछि मात्र छलफल हुन सक्ने बताए ।

पूर्वमाओवादीमा सकस
पूूर्वएमालेबाट साबिक पोलिटब्युरोबाहेक पाँचौँ महाधिवेशनयता केन्द्रीय सदस्य भएकाहरूमध्ये ‘सिनियर’लाई बनाउने मापदण्ड भएकाले समस्या छैन । तर, पूर्वमाओवादीभित्र भने पछिल्लो ९९ सदस्यीय सचिवालयबाट सूची छान्नुपर्ने भएकाले प्रचण्ड दबाबमा छन् । फुटेर गएको बादल समूहपछि एकीकरणमा आएको र नारायणकाजी श्रेष्ठको पनि छुट्टै समूह रहेकाले वरिष्ठताको आधारभन्दा दुवै समूहको सन्तुलन मिलाउनुपर्ने बाध्यता प्रचण्डलाई छ । चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ एक सय ४७ सदस्यीय पोलिटब्युरोमा पूर्वएमालेले ८१ र माओवादी समूहले ६६ जनाको भागबन्डा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस