आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गाउँपालिका उपाध्यक्ष तारदेवीले कार्यकक्षमै वस्त्र खोल्दिएपछि

AuthorAP Khabar२०७६ जेष्ठ १०, शुक्रबार (४ साल अघि) ७८५ पाठक संख्या

जेठ १०

नुवाकोटको तार्केश्वर गाँउपालिकी उपाध्यक्ष तारादेवी रिमालले कार्यकक्षमै प्रशासकीय अधिकृतको कपडा खोल्दिएपछि गाँउपालिकाको कामकाज ठप्प हुने भएको छ । आफूले भनेका योजनाको लागी बजेट नदिएको भन्दै रिमालले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालको शर्ट कार्यकक्षमै खोलिदिएको आरोप छ । अध्यक्षसँग नजिकिएर आफ्नो बेवास्ता गरेको भन्दै रिमालले प्रमुख प्रशासकीय अधिकृतको कक्षमै गएर हातपात गरेको पीडितको आरोप छ। चार वटा योजनामा ६ लाख रुपैयाँ दिन उपाध्यक्षले दिएको आदेश प्रशासकीय अधिकृतले अध्यक्षको तोकआदेशबिना गर्न नमिल्ने भन्दै अस्विकार गरेका थिए ।
गाँउपालिकाकै उपाध्यक्षबाट र्निवस्त्र हुनेगरि हातपात भएको बिरोधमा कार्यलयका कामकाज रोकेर दाहाल न्याय खोज्ने जाने तयारीमा छन । जसका कारण आजदेखी गाँउपालिकाका सबैकाम ठप्प हुनेछन । तर प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालले लगाएको आरोपको उपाध्यक्ष रिमालले भने खण्डन गरेकी छन । रिमालले भनिन् म माथी महिला भनेर हेप्ने काम भयो । आफु जनताको गर्न मिल्ने कामलाई अल्झाएर नराख्न सुझाव दिन कार्यकक्षमा पुग्दा प्रशासकीय अधिकृत आफै कराउदैं दौडिएको अरोप रिमालको छ । उनले भनिन् मैले हातपात गर्ने त के उनलाई रुखो भाषामा समेत बोलेकी होईन । उहाँले म माथी निराधार आरोप लगाउनुभयो ।
उता कर्मचारीले आक्रमणको बिरोधमा भन्दै कामकाज ठप्प पार्ने विषयमा गाँउपालिकाका अध्यक्षले भने अनविज्ञता प्रकट गरे । तारकेश्वर गाँउपालिकाका अध्यक्ष रमेश वहादुर वस्तीले भने कार्यलयमा आफु नभएको बेला उपाध्यक्ष र प्रशासकीय अधिकृतकाबिचमा विवाद भएको जानकारी पाएकाले आफु त्यसतर्फ जाँर्दै गरेको वस्तीले सुनाए । उनले भने मैले पाएको जानकारी अनुसार पदीय मर्यादा र जिम्मेवारीलाई ख्याल नगरि उपाध्यक्षले गरेको व्यवाहार गलत छ , उहाँलाई कारबाही हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस