आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोदीको जीतले नेपाललाई हिन्दू राष्ट्र बनाउन सहयोग पुग्ने भन्दै विरञ्जमा र्‍याली !

AuthorAP Khabar२०७६ जेष्ठ १०, शुक्रबार (४ साल अघि) ३७५ पाठक संख्या

जेठ १० काठमाडौं । भारतमा भर्खरै लोकसभाको निर्वाचान सम्पन्न भइसकेपछि मतपरिणाम आउनेक्रम जारी छ । मतरिणाम हेर्दा नरेन्द्र मोदी भारतमा पुन: दोस्रो पटक प्रधानमन्त्री हुने निश्चित भएको छ । सात चरणमा सम्पन्न निर्वाचनमा बिहीबार सार्वजनिक परिणाम अनुसार मोदी प्रचण्ड बहुमतका साथ दिल्लीमा फेर्किने निश्चित भएको हो ।

सन् २०१४ मा तीस वर्षपछि पहिलो पटक बुहमतका साथ सत्तामा पुग्नु भएका मोदीले यसपटक त्यो भन्दा पनि ठूलो जनादेश प्राप्त गर्नु भएको छ । मोदीका यो जीतका असर पुरै दक्षिण एशियाका राजनीतिमा परिरहेको देखिन्छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य नेताहरुले माेदीलाइ बधाइ तथा शुभकामना दिइसकेका छन् । बिहीबार नै नेकपाका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र राप्रपाका अध्यक्ष कमल थापा लगायतका नेताहरुले सामाजिक संजाल मार्फत बधाइ दिइसकेका छन् ।

तर प्रदेश नम्बर दुईको पर्सामा भने प्रधानमन्त्री नरेन्द्र मोदीको जितमा विभिन्न समुहले तामझाका साथ खुसियाली मनाएका छन् । उनीहरुले वीरगन्जमा अलग अलग ठाउँमा मोदीको तस्बिर राखिएको ब्यानर हातहातमा बोकेर बजार परिक्रमा गरेका थिए ।

अन्त्यमा सो समुह एक ठाउँमा भेला भएर दीप प्रज्ज्वल गर्दै र मिठाइ पनि बाँडेका छन् । त्यस्तै मोदीको जीतमा विश्व हिन्दू संगठन नामका युवाले पनि मोटरसाईकल र्याली निकालेर खुसियाली मनाएका छन् । उनीहरुले विरगञ्जको घन्टाघरबाट मोटरसाइकल र्‍याली निकालेका थिए ।

मोटरसाइकलसहित र्‍यालीमा निस्किएका ती समुहले ‘हर हर मोदी, घर घर मोदी आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ ‘ जस्ता नारा लगाएका थिए । मोदीको जीतले नेपाललाई हिन्दु राष्ट्र बनाउन सहयोग हुने उनीहरुको ठहर छ । र्‍यालीमा सहभागी एक सदस्यले भने- ‘मोदीको जीत हिन्दु नेपाली हरुको हितको कुरो हो, यसले नेपाललाई हिन्दु राष्ट्र बनाउन मद्धत पुग्नेछ ।’

हालसम्म कति स्थानान मोदीको जीत ?

मोदी नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले ३ सय ५१ स्थानमा जीत हासिल गरिसकेको छ । सन् २०१४ मा बहुमतमा साथ शासनमा पुगेका मोदीको दलले यसपटकका चुनावमा त्यो संख्यालाई अझै बढाएको छ । शुक्रबार बिहानसम्म निर्वाचन आयोगले ५ सय २ विजयी उम्मेदवारका नामवली सार्वजनिक गरेको छ ।

जसमा भाजपाले २ सय ८८ स्थानमा जीत हासिल गरेको छ भने १५ प्रत्याशी अग्रस्थानमा रहेका छन् । विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले ५० स्थानमा जीत हासिल गरेको छ भने २ स्थान अग्रता कायम गरेको छ ।

भाजपाले राजस्थान, गुजरात, हरियाणा र दिल्लीमा क्लिन स्वीप गरेको छ र भने उत्तर प्रदेश, महाराष्ट्र र बिहार रहेको विपक्षी गठबन्धनलाई पराजित गरेको छ । पश्चिम बंगाल र उडिसामा पनि भाजपाले अहिलेसम्मकै राम्रो प्रदर्शन गरेको छ ।

चुनावमा जीत पछि पार्टीको दिल्लीस्थित मुख्यालयमा आयोजित कार्यक्रमलाई मोदीले सम्बोधन गरेका छन् । उनले यो जीतलाई लोकतन्त्रको इतिहासमा सबैभन्दा ठूलो घटना बनाए र बदनीयत र बेइमानीसँग कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
श्रोत news24

प्रतिक्रिया दिनुहोस