आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनपसल चोरी गर्ने ७ जनाको गिरोह प्रहरीको नियन्त्रणमा

AuthorAP Khabar२०७६ जेष्ठ १२, आईतबार (४ साल अघि) ३७३ पाठक संख्या

जेठ १२
काठमाडौं । प्रहरीले सुनपसल चोरी गर्ने ७ जनाको गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी चोरी गर्ने गिरोहलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने सबैजना भारत मोतिहारी घोडासहनी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका –६ मनोहरा बस्दै आएको पत्रकार सम्मेलनमा परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा वर्ष २७ को हस्लम अला, वर्ष २२ को सहजित खान, वर्ष १९ को लड्डु कुमार, वर्ष १८ को जहकी कुमार, वर्ष ३८ को सहिनुला, धर्मेन्द्र पट्टेल र वर्ष २७ को फिरो अलाम रहेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित जेठ ७ गते राती १० बजेतिर गौतम कुमार विश्वकर्माले सञ्चालन गरेको ‘हाम्रो सुनचाँदी’ पसलको सटर फोर्दै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्वबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको एसएसपी सुवेदीले बताए ।

पक्राउ परेका उनीहरुको साथबाट सुनजस्तो देखिने पहेलो धातु २२ लाल, चाँदी जस्तो देखिने सेतो धातुका गरगहना ५ केजीभन्दा बढी, सटर काट्न प्रयोग गर्ने कैची २ थान, सटर फोर्न प्रयोग गर्ने रड ३ थान र अन्य औजारहरु बरामद गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले दिउँसो पनि चोरी गर्ने र नेपालीहरुलाई आतंकित बनाउँदै आएको खुल्न आएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

प्रवक्ता बोगटीले भने, ‘दिउँसै चोरीमा संलग्न भारतीय मूलका नागरिकहरुले नेपालीहरुलाई आतंकति बनाउँदै आएको प्रहरीको अनुसनधानमा खुल्न आएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस