आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्व प्रहरी हुँ भन्दै ठगी गर्ने दुई पक्राउ

AuthorAP Khabar२०७६ जेष्ठ १२, आईतबार (४ साल अघि) २८८ पाठक संख्या

जेठ १२,

काठमाडौं । पूर्व प्रहरी हुँ भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची सितापुर-६ घर भएका ३० वर्षीय हरिलाल खनाल र सोही ठाउँस्थित पिप्रा बस्ने १९ वर्षीय कपिल रिजाललाई शनिवार दिउँसो महागरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-१६ वनस्थलीमा सनराइज बेकरी सप सञ्चालन गर्ने नुवाकोट विदुर नगरपालिका-७ रातमाटे घर भएका विनोद नेपाललाई जेठ ६ गते पूर्व प्रहरी हुँ भनि १ लाख रुपैयाँ ठगी गरी हरिलाल र कपिल फरार भएको भन्ने सूचनाको आधारमा उनीहरुलाई काठमाडौं जमलबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस