आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको माधोपुर प्रा.वि.मा चरम लापरवाही ।

AuthorAP Khabar२०७६ जेष्ठ १२, आईतबार (४ साल अघि) ३९० पाठक संख्या

जेठ १२ गते रौतहट ।
ओमप्रकाश यादव ।
रौतहटको माधवनारायण नगरपालिका वडा नं ६ स्थित रहेको प्राथमिक विद्यालय माधोपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम नरेश यादवले सञ्चारकर्मीसँग भेटनबाट डराउनुभएको छ । विद्यालयमा चरम लापरवाही भइरहेको स्थानीयहरुबाट व्यापक गुनासो आएपछि सञ्चारकर्मीहरुको एक टोली रिपोर्टिंगका लागि आज विद्यालयमै पुगेका थिए । विद्यालयका बालबालिकाहरुले आफुहरु पाउनुपर्ने छात्रवृति नपाएको बताएका छन ।

त्यस्तै अहिले १२ बजेसम्म कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि अधिकांश दिनहरुमा उक्त माधोपुरको प्राथमिक विद्यालय १०, ११ बजे नै बन्द हुने गरेकोे स्थानीयहरुले बताएका छन । त्यस्तै विद्यालयका प्रधानाध्याकप जंगिलाल पटेलले कहिले काही मौत्र विद्यालय आउने गरेको स्थानीय राम चन्द्र यादव भन्ने बौवानन्दले बताएका छन ।

शिक्षक धुपनारायण यादवले बताए अनुसार विद्यालयमा १३५ जना बालबालिकाको नाम रहेको छ तर सबै विद्यार्थी पढन जादैनन । आज सञ्चारकर्मीहरुले गरेको रिपोर्टिंगको क्रममा विद्यालयमा जम्मा ८० जनासम्म मात्रै विद्यार्थी पढन आएका थिए ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिको गठनको कुनै प्रकृया नअपनाई व्यवस्थापन समितिको अध्यक्ष राम नरेश यादवले आफना मनोपोली ढंगले अध्यक्ष भएको स्थानीयहरुले बताएका छन । व्यवस्थापन समितिको अध्यक्ष बन्नको लागि अभिभावक भेला अनिवार्य बोलाउनुपर्ने, गाउँका भद्रभलादमीको पनि सहभागिता गराउनुपर्ने र सूचना प्रकाशित गर्नुपर्ने नियम भएपनि त्यसलाई लत्याउँदै त्यो कुनै पनि नियम प्रकृया पुरा नगरी यादवले अध्यक्ष भएकोे विद्यालयका पूर्वअध्यक्ष विन्देश्वर यादवले बताएका छन ।

छात्रवृति, विद्यालय व्यवस्थापन समितिको गठन प्रकृया लगाएतका विषयमा सत्य तथ्य बुझन सीआइएनका रौतहट रिर्पोटर ओम प्रकाश यादव, उपेन्द्र गोले, रुपेन्द्र पटेल सहितका सञ्चारकर्मीहरु आज विद्यालयमा गएर अध्यक्ष यादवलाई फोन सम्पर्क गरेर बोलाउँदा उहाँले विभिन्न बहाना बनाएर आफु बाहिर रहेको भन्दै नआउने जवाफ दिएका हुन ।

यसअघि पनि अध्यक्ष यादवसँग दुइपटक सञ्चारकर्मीले बोलाउँदा उहाँ बहाना बनाएर भेटनबाट पन्छिनुभएको थियो । त्यसपछि यस विषयमा प्रतिक्रिया लिन प्रधानाध्यापक पटेललाई पटक पटक सम्पर्क गर्दा पनि उहाँको फोन उठेन ।

यी विषयहरुमा माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादव र शिक्षा संयोजकलाई सोध्दा आफुहरुलाई यस विषयमा कुनै जानकारी नभएको बताएका हुन । तपाईको नगरपालिका भित्रका विद्यालयमा यस्तो चरम लापरवाही भइरहेपनि अनुगमन किन गर्नुहुन्न भन्ने सञ्चारकर्मीको प्रश्नमा मेयर यादव र शिक्षा संयोजकले आफुहरु तत्काल अनुगमन गर्ने र दोषीलाई कार्यवाही गर्ने बताएपछि सञ्चारकर्मीको टोली फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस