आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

करेन्ट लागेर एक बालकको मृत्यु

AuthorAP Khabar२०७६ जेष्ठ १३, सोमबार (४ साल अघि) ३८० पाठक संख्या

जेठ १३
रुकुमपश्चिम : जिल्लाको मुसीकोट १३, छिबाङ्गमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका- १० घर भएका ११ वर्षीय केशव परियारको बिजुलीको पोलबाट जमिनमा गाडिएको अर्थिङमा आएको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ।

छिबाङ्गबाट फूपूको घर आएका परियार घर नजिकै खेल्दा बिजुलीको अर्थिङ छुन पुगेपछि केरेन्ट लागेर घटनास्थालमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले जानकारी दिए। प्रनि क्षेत्रीका अनुसार बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस