आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पोखराका गल्ली गल्लीमा शक्तिशाली बम

AuthorAP Khabar२०७६ जेष्ठ १३, सोमबार (४ साल अघि) २५० पाठक संख्या

जेठ १३

पोखरा,

पोखराको सिर्जना चोकस्थित एनसेल कार्यालयअघि राखिएको प्रेसर कुकर बम नेपाली सेना डिस्पोज गरेको छ। सोमबार बिहान सेनाको टोलीले बम डिस्पोज गर्दा एनसेल कार्यालयको सिसा फुटेका छन्।

बम शक्तिशाली रहेको र डिस्पोज गर्दा एनसेल कार्यालयमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार न्यूरोडको इनोभेटीभ डेभलपमेण्ट एजुकेशन एकेडेमीको गेटमा रहेको बम पनि नेपाली सेनाको टोलीले डिस्पोज गर्दैछ।

अन्नपूर्ण गाउँपालिकाको नौडाडामा पनि शंकास्पद वस्तु भेटिएको प्ररीले बताएको छ ।

आइतबार साँझ भेटिएको उक्त शंकास्पद वस्तुलाई प्रहरीले रातभर सुरक्षा दिएका थिए । बिहान उज्यालो भइसकेपछि मात्रै उक्त वस्तु डिस्पोज गरिएको थियो ।

कास्कीमा यसबाहेक अन्य विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । पोखरामा मात्रै सिर्जनाचोक, आइडियाल कलेज गेटमा सोमबार बिहानै शंकास्पद वस्तु फेला परेका थिए ।

महानगरबाहेक पोखरा आसपासका क्षेत्रमा पनि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । सुरक्षा व्यवस्था कडा बनाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस