आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अत्याधिक गर्मीका कारण रेलभित्रै चार जनाको मृत्यु

AuthorAP Khabar२०७६ जेष्ठ २८, मंगलबार (४ साल अघि) २३६ पाठक संख्या

जेठ २८ नयाँ दिल्ली,

अत्याधिक गर्मीका कारण भारतमा रेलभित्रै चार जना यात्रुको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार दिल्लीबाट झाँसीतर्फ गइरहेको केरला एक्सप्रेसको रेलका यात्रुको मृत्यु भएको हो ।

आगराबाट कोयम्बटूर जाँदै गरेको ६८ जनाको समूहका यात्रु बेहोस भएपछि उनीहरुलाई रेलवे स्टेसनका डाक्टरले जाँच गर्दा मृत घोषणा गरेका हुन् ।

आगरा, वरणासीलगायतका क्षेत्रमा घुम्न सो समूह १० दिन अगाडि निस्किएको थियो । मृत्यु हुने सबै वृद्ध रहेको बताइएको छ

प्रतिक्रिया दिनुहोस