आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भूमिसुधार तथा मालपोत कार्यालय कपिलबस्तुको कार्यालयमा आगजनी

AuthorAP Khabar२०७६ अषाढ १५, आईतबार (४ साल अघि) ३४७ पाठक संख्या

असार १५
कपिलबस्तु । भूमिसुधार तथा मालपोत कार्यालय कपिलबस्तुमा आइतबार बिहान आगलागी भएको छ ।

सदरमुकाम तौलिहवामा रहेको कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आगलागी भएको हो ।

आगलागीका कारण झण्डै १० लाख रुपैयाँ बराबरीको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक दीप शमशेर जबराले बताए ।

बिहान पौने ८ बजेदेखि सुरु भएको आगलागी प्रहरी, कपिलबस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको छ ।

आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपि मेसिन, फर्निचर पुर्णरुपमा जली नष्ट भएका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस