आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

असार १५को आवसरमा पथलैयामा बन क्षेत्रको सरसफाई

AuthorAP Khabar२०७६ अषाढ १५, आईतबार (४ साल अघि) २७६ पाठक संख्या

एपी खबर
जीतपुर, १५ असार :  बाराको पथलैयामा रहेको भिमेश्वर सामुदायीक बन उपभोक्ता समुहले असार १५ को अवसरमा बन क्षेत्रको सरसफाईका साथै दहिचिउरा खाने कार्यक्रमको आयोजना गरेको छ ।

बन क्षेत्रमा जथाभावी गरीएको फोहर सफा गर्न र बन क्षेत्रलाई सफा राख्न अपनाउनुपर्ने विधिको बारेमा जानकारी गराउने यो सरसफाई गरीएको समुहका अध्यक्ष पेश्लकुमार मुल्मीले जानकारी दिनुभयो ।

भिमेश्वर सामुदायीक बन समुहका अध्यक्ष मुल्मीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा पथलैया प्रहरी चौकीका इन्चार्ज भरत सिलवाल, दक्षिणकालि महिला बचत समुहका अध्यक्ष तुलसा कार्की, जेष्ठ सदस्य नोककृष्ण मुल्मी, अम्बरबहादुर आले लगाएतको सहभागीता रहेको थियो ।

सरसफाई पश्चात समुहले आफ्ना सदस्यहरुलाई दहिचिउरा खुवाएको थियो ।

प्रतिक्रिया दिनुहोस