आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आफ्नै आमाको हत्याको आरोपमा छोरी पक्राउ

AuthorAP Khabar२०७६ अषाढ १६, सोमबार (४ साल अघि) ४५२ पाठक संख्या

असार १६ काठमाडौं,
आफ्नै आमाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन्। भक्तपुरकी ईश्वरी भट्टराई आफ्नै आमाको हत्या आरोपमा पक्राउ परेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

एसएसपी थापाका अनुसार प्रेममा बाधक भएको भन्दै उनले आमाको हत्या गर्न लगाएकी हुन्। ईश्वरीसहित अन्य चारजना पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका ४ का २३ वर्षीय मोहम्मद नौसाद, भारतको जनक भगत इडी ३५ नई अशोका नगर बसुन्धरा एक्लेबका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै मधुमनीका २४ वर्षीय मेहम्मद रहिश र मृततकी छोरी २७ वर्षीया ईश्वरी भट्टराई रहेको प्रहरीले जनाएको छ।

ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्धमा थिइन् । यसबारे आमाले थाहा पाएपछि प्रेमीसँग मिलेर हत्याको योजना बनाएको पाइएको एसएसपी थापाले बताए ।

‘आमाबाट कुरा बाहिर आउँछ भन्ने डरले आफ्नै प्रेमीसँग सल्लाह गरेर भाडामा दुई जना व्यक्तिलाई प्रयोग गरेको देखिन्छ’, थापाले भने । कुमार भनिने भोला कुमार भारतबाट बोलाइएका ‘कन्ट्रयाक्ट किलर’ हुन् । ईश्वरीले आमालाई मार्नको लागी १२ लाख रुपैयाँ सुपारी दिएको अनुसन्धानबाट खुलेको छ ।

आइतबार दिउँसो भक्तपुरको खरिपाटीमा ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरिएको थियो।

प्रतिक्रिया दिनुहोस